पुनः एक पटक असोज १७ बाट डिभी चिट्ठा खुल्ने, के छ नयाँ नियम ?
सोमबार, ०२ असोज २०७४

काठमाडौं, अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ ।अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो।
डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । तर अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्मको लागि भने नकुर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो ।
यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्