गर्भावस्थाको रक्तस्राव रोक्न कण्डम वरदान !
शुक्रबार, ०६ असोज २०७४

बीबीसी, अफ्रीकामा प्रत्येक वर्ष धेरैको संख्यामा गर्भावस्थाका महिलाहरुको रक्तस्रावका कारण ज्यान जाने गर्दछ । केन्याका चिकित्सकहरुले गर्भनिरोधक साधन कण्डमको प्रयोगबाट एक यस्तो किट तयार पारेका छन् की जस्को प्रयोगले रक्तस्राव रोकिने गरेको छ । यसको प्रयोगबाट रक्तस्रावबाट महिलाको ज्यान बच्ने गरेको बताइएको छ । यो किटबाट अहिलेसम्म हजारौ बिरामीको ज्यान बचाएको चिकित्सकहरुले बताएका छन् । विश्वभरमा गर्भावस्थाको क्रममा हरेक दुई मिनेटमा एक महिलाको ज्याज जाने गरेको । यसमा अग्रसर रक्तस्रावबाट नै ज्यान जाने गरेको बीबीसीले बताएको छ ।
कण्डमबाट बनाइएको यस किटलाई 'ईएस्एम–यूबीटी किट' नाम दिइएको छ । यसको लागत झण्डै तीनसय भारु पर्ने बताइएको छ । यो किट एक कण्डम तथा एक सानो क्याथेटर पाइपबाट बनाइन्छ ।
क्याथेटर पाइपलाई कण्डमभित्र राखिन्छ त्यसपछि त्यसलाई बाहिरबाट बलियो गरि बाँधिन्छ । त्यसलाई पाठेघरभित्र राखिन्छ जस्ले रगत बग्न तत्काल बन्द हुन्छ । यसको कार्य ९७ प्रतिशत सफल भएको बताइएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्