गाई र भैंसीको दुध मध्ये कुन राम्रो ?

शनिबार, ०७ असोज २०७४

 
 
गाई र भैंसीको दुध मध्ये कुन स्वास्थ्यबर्धक होला ? हामी सबै अन्योलमा पर्छौ । देख्दा दुवै उस्तैं छन्, स्वाद पनि उस्तैं उस्तै हुन्छ । तर, गाईको दुधको तुलनामा भैंसीको दुध बाक्लो र प्रोटिन पनि बढी पाइन्छ । भैंसीको दुध विशेषगरी खीर, चियाको लागि बढी उपयुक्त हुन्छ भने गाईको दुध नवजात शिशुका लागि स्वस्थ्यबर्धक हुन्छ ।
 
किनकी गाईको दुधमा प्रोटिनको मात्रा कम र पातलो हुन्छ जुन नवजात शिशुले सहजै पचाउन सक्छन् । गाई र भैंसीको दुधमा हुने केही फरक यस्ता छन् : गाईको दुधमा चिल्लो कम गाईको दुधमा न्यून मात्रामा चिल्लो हुन्छ । जसका कारणले यो पातलो र यसमा कम फिँज हुन्छ ।
 
भैंसीको दुध बाक्लो भैंसीको दुधमा क्याल्सियम बढी भैंसीकोदुधमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हाइपरटेन्सन, मिर्गौला रोगीका लागि उपयुक्त हुन्छ । गाईको दुधमा ९० प्रतिशत पानी गाईको दुध निकै पातलो हुन्छ । गाईको दुधका ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्न सहयोग गर्छ । पश्चिमाहरूको रोजाइमा गाईको दुध संसारभर नै गाईको दुध प्रयोग गरिन्छ तर पश्चिमीमुलुकका मानिसहरू अन्य देशका तुलनामा गाईको दुध बढी खाने गर्छन । भारत, पाकिस्तानलगायत देशमा भैंसीको दुध बढी प्रयोग गर्छन ।
 
Source: HD


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको