धुवाँ–धुलोबाट छाला बचाउन गर्नुहाेस नियमित यि ७ काम

शनिबार, ०७ असोज २०७४

 
 
डा. आयुष्मान घिमिरे छालारोग विशेषज्ञ

 

 


 

राजधानीलगायत सहरी क्षेत्रमा वायु प्रदूषण उच्च छ । सवारीसाधन, उद्योगधन्दा र सडकबाट निस्किने धुवाँ–धुलोले वायु प्रदूषण बढाएको छ । यसले हाम्रो छालामा नराम्रो असर पुर्‍याउँछ । खासगरी खुला रहने अनुहारको छालामा बढी प्रभाव पार्छ । धुवाँ–धुलोबाट छालाको सुरक्षा गर्न नसके विभिन्न छालारोग निम्तिन सक्छन् । त्यसैले नियमित रूपमा केयर आवश्यक हुन्छ :

 

 

१- बिहान उठेपछि हरेक दिन फेसवास गर्ने । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास क्रिम प्रयोग गर्ने । आयली फेसमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब गर्नु राम्रो हुन्छ । बिहान घरबाहिर निस्कनुपर्ने भए सनब्लक क्रिम लगाउन भुल्नुहुँदैन । सनब्लक क्रिमले घाम र धुवाँ–धुलोको रापबाट छालालाई जोगाउने काम गर्छ ।

 

२ -सनब्लक क्रिम लगाएपछि आवश्यकताअनुसार मेकअप गर्न सकिन्छ । मेकअपमा खासै दक्षता छैन भने हल्का फाउन्डेसन भने पनि प्रयोग गर्नैपर्छ ।

 

३- दिनभर काममा निस्किँदा मेकअप लतपतिने खतरा रहन्छ । यसले पनि सौन्दर्यमा ह्रास आउँछ । मेकअपले ठाउँ छोडेपछि छालामा वातावरणीय असर पर्न सक्छ । त्यसैले पसिना निस्किँदा सोस्ने कम्प्याक्ट पाउडर र पफ ब्यागमै बोक्नु उपयुक्त हुन्छ । पफले पसिनामा हल्का टचअप गरिराख्नुपर्छ ।

 

४- बेलुका घर फर्किएपछि क्लिन्जिङ र फेसवास गर्न छुटाउनुहुँदैन । छालाको बाहिरी पत्रमा दिनभर टाँसिएको बाहिरी फोहोर फाल्न ५–७ मिनेट क्लिन्जिङ गर्नुपर्छ । क्लिन्जिङपछि फेसवास गर्नुपर्छ ।

 

५- घाममा निस्किँदा कपडाले नछोपिने शरीरका खुला भागमा सनब्लक क्रिम लगाउनुपर्छ । मेकअप पनि सनब्लक क्रिम लगाएपछि मात्रै लगाउनुपर्छ ।

 

६- एउटा सनब्लक क्रिमले तीन–चार घन्टा मात्र काम गर्छ । त्यसैले दिउँसो १२–१ बजेतिर पनि लगाउने । मुख धुन सम्भव भए मुख धोएर लगाउँदा राम्रो हुन्छ । सम्भव नभए पुरानैमाथि लगाउँदा पनि फरक


भने पर्दैन ।

७- पानी प्रशस्त पिउनुपर्छ । फलफूल, हरियो सागपात, गाँजर, मुलाजस्ता सलादमा जोड दिनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको