शरीरमा फ्याटी एसिड कसरी बढाउने ? यी खानेकुरा खानुस

शुक्रबार, १७ कार्तिक २०७४

 

फ्याटी एसिड, जो हाम्रो शरीरका लागि अति आवश्यक र अपरिहार्य मानिन्छ । विभिन्न खानेकुराको माध्यामबाट फ्याटी एसिड प्राप्त हुन्छ ।

यो एक प्रकारको बोसो हो । यसले शरीरमा उर्जाको सञ्चार हुन्छ । यति मात्र होइन यसले हृदयसम्वन्धि रोग, एलर्जी वा डिप्रेसनबाट पनि रक्षा गर्छ ।

 

शाकाहारी र मांसाहारी दुवै स्रोतबाट हामीलाई ओमेगा ३ फ्याटी एसिड प्राप्त हुन्छ । ओमेगा ३ ले शरीरको प्रतिरोधक क्षमतालाई पनि बढाउँछ । त्यसैले यो थाहा पाउनु जरुरी छ कि फ्याटी एसिडका स्रोतहरु के के हुन् ।

आलसको बिउ

आलसको बिउमा धेरै प्रकारका पोषक तत्वका अलावा ओमेगा ३ र लिगनेन्स पनि प्रचुर मात्रामा हुन्छ । यो घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर र प्रोटिनको राम्रो स्रोत हो । यसलाई दिनभरीमा तीन ग्रामसम्म लिन सकिन्छ । अचार बनाएर पनि यसको उपभोग गर्न सकिन्छ ।

भाङको बिउ

भाङको बिउमा पनि केही पोषण तत्व हुन्छन् । फ्याटी एसिडका अलावा यसमा प्रोटीन, भिटामिन ईका साथमा फस्फोरस, पोटासियम, सोडियम, सल्फर, क्याल्सियम, आइरन र जिंक जस्ता खानिज पदार्थ पनि मौजुद हुन्छन् । यसको प्रयोगले लाभ प्राप्त हुनेछ ।

ओखर

ओखर केवल फ्याटी एसिड होइन, बल्कि प्रोटीन र डाइटरी फाइबरको पनि एक उत्तम स्रोत हो । यसमा म्यागनीज, कपर, फसफोरस र म्याग्नेसियम पनि हुन्छन् । त्यसैले तपाईं यो दैनिक खान सकिन्छ ।

बदाम

बदाम फ्याटी एसिडको अत्यन्त ठूलो स्रोत हो । दैनिक बदाम खाने गर्दा शरीरमा लाभै लाभ प्राप्त हुन्छन् । त्यसैले बदामको सेवन सँधै गर्नु उपयुक्त हुन्छ ।

जैतूनको तेल

जैतुनको तेल एकदमै फाइदाजनक हुन्छ । यसमा फ्याटी एसिडको भरपुर मात्रा हुन्छ । त्यसैले दैनिक यस तेलको उपभोग गर्नुपर्छ ।

सबै अन्न

अन्न शरीरको लागि एकदमै महत्वपूर्ण हुन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ । यसको एकदम ठूलो उपयोगिता रहेको छ ।

अन्डाको सेतो भाग

अन्डाको सेतो भागमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा हुन्छ । यसमा ९ प्रतिशत क्याल्सियम, आइरन, फस्फोरस, जिंक, थाइमीन, भिटामिन बी ६ र बी १२, फोलिक एसिड र प्याथोथेनिक एसिड पनि पाइन्छ ।

साल्मन

सालमन फ्याटी एसिड, भिटामिन डी, नीयासिन, भिटामिन बी १२, भिटामिन बी ६ र सेलेनियमको पनि राम्रो स्रोत हो । तर, हामीले यसको १०० ग्रामभन्दा बढिड सेवन गर्नु हुँदैन । साल्मनलाई फ्राइ गर्नुभन्दा हल्का तवरले रोस्ट वा स्टिम गरेमा खाना ज्यादा लाभदायक हुनेछ ।

हरियो साग

हामीले खाने कतिपय तरकारीहरुले हाम्रो शरीरलाई हानी गर्छन् । तर, हरियो सागमा फ्याटी एसिडको गुण प्राप्त हुन्छ ।

हिलसा माछा

माछामा प्रोटिन भरपुर मात्रामा हुन्छ । र, यो पनि थाहा पाइराख्नु जरुरी छ कि हिलसा माछामा प्रोटिनको साथसाथै फ्याटी एसिडको गुण पष्नि हुन्छ । त्यसैले यसको प्रयोग शरीरका निम्ति फाइदाजनक हुन्छ ।

चियाको बिउ

चियाको बिउ खाँदा फ्याटी एसिडका सबै गुणहरु प्राप्त हुन्छन् । त्यसैले यसको उपभोग अवश्य गर्नुस ।

तोरीको तेल

तोरीको तेलमा स्याचुरेटेड फ्याट कम हुन्छ र यसमा ओमेगा ६ र ओमेगा ३ दुवै प्रकारका फ्याटी एसिड रहेको हुन्छ । अन्य तेलमा सोयाबीन, ओखर, आलस आदिको तेल पनि लाभदायक हुन्छ । तर, यसको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनभरमा ३ देखि ४ चम्चाभन्दा बढि लिनु हँुदैन ।

सोयाबिन

सोयाबिन हाम्रो शरीरमा फ्याटी एसिड पुर्‍याउने बलियो स्रोत हो । सोयाबिनमा प्रोटिन, आइसोफलेवोन्स, फाइबर, लेसीथिन, कार्बोहाइड्रेट्स र माइक्रोन्यूट्रेट्स आदि पाइन्छ । यसको दुध पनि उपभोग गर्न सन्छि । जसलाई गाईं भैंसीको दुध र दही पच्दैन, उनीहरुले सोयाबीनको दुध पिउन सक्छन् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको