औषधी र व्यायाम बिना नै स्लिम हुन ‘बडी सेपिङ’ सञ्चालनमा

आइतबार, २६ कार्तिक २०७४

 

काठमाडौं । मोटोपन घटाउन वा शरीरलाई सुडौल बनाउन के गर्ने ? यसका अनेक विकल्प छन् । नियमित व्यायाम, सन्तुलित खानपान । तर, कतिलाई व्यायाम गर्न जाँगर चल्दैन । यस्तो अवस्थामा के गर्ने ?

 

शहरमा सरल विधी उपलब्ध छ । न व्यायाम गर्नुपर्ने, न धेरै समय खर्चनुपर्ने । उपकरणको माध्यामबाट शरीरमा भएको बोसो पगाल्न, पसिना निकाल्न सकिन्छ । अर्थात् शरीरलाई चाहेको आकारमा ढाल्न सकिन्छ । यसका लागि भने पुग्नुपर्छ, चावहिलस्थित केएल टावरको चौथो तला । त्यहाँ अओ टु फेसियल वक्र्स तथा बडी सेपिङको व्यवस्था छ ।

 

कसरी पाउने सुडौल शरीर ?

महिला तथा पुरुष दुवैका लागि सम्पूर्ण सेवा उपलब्ध शुने नयाँ शाखामा कोरियन प्रविधिका मेसिनद्धारा सौन्दर्य तथा तौल घटाउने र शारीरीक आकारलाई चुरुस्त दुरुस्त राखिरहने सेवा उपलव्ध हुनेछ ।

ओ टुमा हाल अक्सिजन फेसियल, म्याजिक पट, अरोमा फेसियल, हेयर मकअप , मेनिक्योर, पेडिक्योर लगायतका सुविधा उपलब्ध छ । साथै अन्तराष्ट्रिय ब्राण्डका सौन्य प्रसाधन विक्रीवितरणमा राखिएको छ ।

पहिलोपटक कोरियन प्रविधिद्धारा अक्सिजन फेसियल नेपाल भित्राएको ओ टुले विना औषधीको प्रयोग तौल घटाउने प्रविधिमा जोड दिएको छ ।

 

Source: Onlinekhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको