किन खाईन्छ जाडोमा बढी मेथीको साग, यस्ता छन् फाइदै-फाइदा

शुक्रबार, ०१ मङि्सर २०७४

 

मेथीको साग होस् वा गेडा यो स्वादिलो मात्र होइन स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । मेथीको नियमित सेवनले पेटसँग सम्बन्धित विभिन्न समस्याको निराकरणमा सहयोग गर्दछ  । मेथी शारीरिक स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पोषणविद्हरूको दाबीअनुसार यसको नियमित सेवनले धेरै समस्याबाट छुटकारा पाइन्छ  ।

 

मेथी खानुका फाइदा यस्ता छन्

मेथीको साग नियमित रुपमा खानाले कलेजोलाई स्वस्थ राख्नुका साथै डिसपेप्सियाको समस्याबाट छुटकारा दिलाउँछ । पेटमा ग्यास बढि उत्पन्न हुने समस्याबाट गुजि्ररहेका हरुका लागि पनि मेथीको साग रामवाण सावित हुनसक्छ । झाडापखाला तथा आउँमा पनि मेथी लाभदायी हुन्छ । मेथीको सागको नियमित सेवनले सरीरबाट विषाक्त पदार्थहरु निस्कासनमा सहयोग पुग्दछ ।
मेथीको सागको नियमित सेवनले रक्तनलीहरु खुम्चिने तथा साँघुरिने समस्या पनि दूर हुन्छ । सरीरमा चिल्लो पदार्थको उतारचढावबाट समस्या भोगिरहेका तथा कोलेस्ट्रोलको समस्या भएका लागि मेथीको नियमित भोजन हितकर हन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित पार्दछ ।

मेथीमा ग्लेक्टोमेनन नामक तत्व पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै यसमा पोटासियम पनि पर्याप्त पाइन्छ जसले मुटुको धड्कन तथा रक्तचापलाई समेत नियमित र सन्तुलित बनाउँदछ । मेथीको गेडा तथा सागमा फाइबर र एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । त्यसैले मेथी खानाले पाचन क्रियालाई मजबुत बनाउँदछ । अपच, कब्जियत, ग्यास जम्ने जस्ता समस्याबाट मुक्ति पाउनकालागि नियमित रुपमा मेथीको सेवन गर्नुपर्छ । साथै यसले मोटोपना घटाउन पनि सहयोग गर्दछ ।

धेरै चिल्लो, पिरो खानेकुराका कारण छाति पोल्ने तथा एसिडिटी हुने समस्या छ भने मेथीको प्रयोग गर्नुस् । मेथीको पातलाई पानीमा डुबाएर राख्ने र केही घण्टापछि सो पानी पिउने ।

मेथीको सागको नियमित रुपमा सेवन गर्नाले ठूलो आन्द्राको क्यान्सर हुनबाट बचाउँछ । यसमा पाइने फाइबर तथा अन्य तत्वले सरीरको आन्तरिक विषाक्त पदार्थ निस्कासनमा सहयोग गर्नुका साथै आन्द्रामा फोहोर पदार्थ जमिरहने समस्या पनि हटाउँदछ ।

मेथीको साग वा गेडा भोजनमा नियमित रुपमा समावेश गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि गर्भवती महिलाहरुले मेथीको धेरै सेवन गर्नु हानिकारक हुनसक्छ । यसको अधिक सेवनले बच्चा खेर जाने वा समय भन्दा पहिले बच्चा जन्मिने जस्ता समस्या निम्तिन सक्ने बताइन्छ ।

 

अन्य थप फाईदाहरु ।

१. कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ।

२. चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

३. डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।

४. मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

५. चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

६. पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

७. सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

८. मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

९. ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

१०. महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको