कालो दाग भएको केरा स्वास्थ्यका लागि फाइदाजनक

मङ्गलबार, १२ मङि्सर २०७४

अधिकांश मानिसले दिनहुँजसो केरा सेवन गरिरहेका हुन्छन् । बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् सबैले पहेँलो र राम्रो केरा नै रोज्ने गर्छन् ।  धेरैलाई लाग्न सक्छ हलुका कालो दाग लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गर्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो दाग लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भनेर ।   जब केरा धेरै पाक्छ तब यसका फाइदा कयौं गुणा बढेर जान्छ । केरामा लाग्ने कालो दाग पनि कुहिएर वा विग्रिएर नभई पाक्दै जाँदा देखिने दाग हो । यस्तो कालो दाग देखिएको केरा सेवन गर्दा क्यान्सर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

 

यसले शरीरमा ‘एन्टिअक्सीडेन्टन’ को मात्रा तथा सेतो रक्त कोषको क्षमतामा वृद्धि गर्ने अध्ययनले देखाएको छ ।  त्यस कारण पाकेको केरामा कालो दाग बस्यो भन्दैमा फाल्नुको सट्टा तुरुन्तै खाने गरौं । 

 

कालो दाग लागेको केराले स्वास्थ्यलाइ दिने फाइदाहरु :

एसिडिटी घटाउन : यस्तो केरामा ‘एन्टी एसिड’ गुण हुन्छ । जसले टाउकोमा हुने दुखाई तथा एसिडिटीलाई राहत दिन्छ ।  

 

उच्च रक्तचापलाई नियन्त्रण राख्छ : केरामा ‘पोटासियम’ को मात्रा अधिक रहनुको साथै ‘सोडियम’ को मात्रा धेरै कम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण राख्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।  

 

क्यान्सरबाट जोगाउँछ : जापानमा भएको एक अध्ययन अनुसार जुन केराको बोक्रामा कालो दाग हुन्छ, त्यसमा ‘टीएनएफ’ नामक तत्वको भरपुर मात्रा रहन्छ । जसलाई ‘टियुमर नेक्रोसिस फ्याक्टर’ भनिन्छ । यसले शरीमा क्यान्सर पैदा गराउने कोषिकासँग लड्न सहयोग पुर्याउँछ । 

 

पेट सम्बन्धी रोग : यस्तो केरा खानाले पेट पोल्ने समस्या, ग्यास, एसिडिटीबाट बचाउँछ । यसका लागि केरालाई चीनीसँग मिसाएर खादा धेरै फाइदा दिन्छ । ‘म्याग्नेसियम’ को भरपुर मात्रा रहेको हुदा केरा सहजै पचाउँन सकिन्छ । जसले शरीरको ‘मेटाबोलिजम’ दुरुस्त राख्छ । 

 

एनिमियामा राहत : कालो दाग भएको केराको सेवनले एनेमिया अर्थात् रक्त अल्पत्ताबाट जोगाउँछ । यस्तो केराको सेवनले रगतमा आइरनको मात्रा बढाउँछ । जसले ‘हेमोग्लोबिन’ मा फाइदा पुग्छ । साथै शरीरमा शक्ति प्रदान गर्छ ।  

 

अल्सरबाट छुट्कारा : जव पेटको अल्सर हुन्छ तव धेरै खाने कुरा बार्नु पर्ने हुन्छ । तर कालो धब्बा लागेको केरा निर्धक्क खान सकिन्छ । 

 

कब्जीयतका लागि फाइदाजनक : कब्जीयत भएको अवस्थामा केरा खाँदा यसले धेरै फाइदा दिन्छ । यसले प्राकृतिक रुपमा पेट सफाइ गर्न सहयोग गर्छ । 

 

(एजेन्सीको सहयोगमा)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको