काली महिलामा दुई गुणा बढी स्तन क्यान्सर, किन ?

मङ्गलबार, १९ मङि्सर २०७४

 
बीबीसी,  इंग्ल्याण्डमा गोरी महिलाको तुलनामा काली महिलाहरुमा स्तन क्यान्सर बढी लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ । गोरी महिलाको तुलनामा काली महिलाहरुमा झण्डै दुई गुणा बढी स्तन क्यान्सर हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । यूके क्यान्सर रिसर्च तथा इग्ल्याण्ड पब्लिक हेल्थले गरेको नयाँ शोधमा २५ प्रतिशत काली अमेरीकी तथा २२ प्रतिशत क्यारेबीआई महिलाहरुमा स्तन क्यान्सर गम्भीर चरणमा भेटिएको छ । यसको तुलनामा गोरी महिलाहरुको आँकडा मात्र १३ प्रतिशत रहेको शोधकर्ताहरुले बताएका छन् ।
 
जानकारहरुका अनुसार यस्तो आँकडा भेटिनुमा धेरै कारणहरु रहेका छन् । पहिलो कारणमा स्तन क्यान्सरका लक्षणहरु तथा स्केनिङका बारेमा जानकारी तथा सचेतना कम हुनु हो । यूके क्यान्सर रिसर्चका अनुसार जब महिलाहरुलाई मेमोग्राफी अर्थात स्तन क्यान्सरका बारेमा एक्सरेका लागि बोलाइन्छ तब काली महिलाहरु एकदमै कम मात्रामा मात्र उपस्थित हुने गर्दछन् ।
 
स्तन क्यान्सरको पहिचान सुरुमै गर्न सकिएमा यसको पूर्ण उपचार हुने गर्दछ । लीड्स नामक एक समूहले काली अफ्रीकी महिला तथा क्यारेबीआई महिलाहरुमा क्यान्सरको बारेमा सचेतना फैलाउन तथा क्यान्सरसँग जुधिहरेकाहरुको मद्दतका लागि काम गरिरहेको छ । एक काली महिलाले बीबीसीसँगको कुराकानीमा बताएकी छिन् की 'हामी यस विषयमा बोल्नुभन्दा चुप रहनु नै जाती मान्दछौं ।
 
म पनि यस विषयमा केही नबोली बसे, यसको उपचार गर्नुपर्छ भन्ने मलाई महसुस नै भएन्।' अग्रसर काली महिलाहरु आफ्नो शरीरमा केही गडबड भएको महसुस भएपनि कसैलाई केही नबताई मात्र भगवानसँग प्रार्थना गरी बस्ने गर्दछन् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको