यसरी १० सेकेन्डभित्र लोप भए १९ बिल्डिङ

मङ्गलबार, ११ माघ २०७३

 

विकास निर्माणमा चीन विश्वमै अग्रणी छ । तर, ध्वंस गर्ने काममा पनि उ कमजोर छैन । यसको एक झलक हालै वुहान शहरमा देखियो ।

 

हामीकहाँ एउटा भवन भत्काउनुपर्‍यो भने हप्तौं लगाइन्छ । तर त्यहाँ १० सेकेन्डभित्र १९ वटा ठूला भवनलाई भग्नावशेषमा परिणत गरियो । आँखा झिम्क्याउन नपाई यति धेरै भवनहरु लोप भए ।

 

भत्काइएका भवनहरु १२ तल्लासम्मका थिए । नयाँ ७०७ मिटर अग्लो गगनचुम्बी भवनसहितको विजनेस डिस्टि्रक बनाउनका निम्त यस्तो विनाश गरिएको हो । १ लाख ५० हजार वर्गफिटमा फैलिएका कंक्रिट र शीशाका घरहरु रातको समयमा विष्फोट गरी भत्काइएको भिडियो इन्टरनेटमा भाइरल बनेको छ ।

 

विष्फोट गराउनुअघि बुहानको हान्काउ रियल स्टेटका बासिन्दाहरुलाई केही हप्ता अगाडि नै यहाँबाट सारिएको थियो । भत्काइएको क्षेत्रनजिकै रहेको रेल्वे स्टेसन, सपिङ मल र विद्युत सवस्टेसन रहेकाले भत्काउने ठेकेदारले पर्याप्त होस पुर्‍याउनुपर्ने थियो । भत्काउने कम्पनीका महानिर्देशक जीया योङसेङले चीनको राष्ट्रिय च्यानल सिसिटीभिसँग भने, ‘यस्तो ठाउँमा विष्फोट गराउँनु धेरै किसिमले जोखिमपूर्ण हुन्छ, तर हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौं ।’
 

याङसेनका अनुसार भवनहरुको १ लाख २० हजार स्थानमा पाँच टन विष्फोटक पदार्थ विछ्याइएको थियो र सबैको टाइमिङ केही माइक्रोसेकेन्डमा राखिएको थियो ।

 

‘यो ध्वंसको परिणाम हामीले सोचेजस्तै भएको छ । विष्फोटनले बाहिर कसैलाई पनि हानी पुर्‍याएन,’ उनले गर्वसाथ भने ।

 

चाइनिज एकेडेमी अफ इन्जिनियरिङका विज्ञ वाङ सुगुआङले यस्तो किसिमको प्रयोग चीनमा पहिलोपटक भएको र यसले निर्माण कम्पनीको चार महिना समय वचत भएको जानकारी दिए ।

 

china-1

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको