जाजरकोट र हुम्लामा १२ जनाको मृत्यु ! रुघाखोकी र ज्वरोबाट भएको होइनः स्वास्थ्य मन्त्रालय

सोमबार, २४ पुष २०७४

 

काठमाडौं- स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जाजरकोट र हुम्लामा फैलिएको रुघाखोकी, ज्वरोका विषयमा आधिकारिक जानकारी सार्वजनिक गरेको छ।

महाशाखाका निर्देशक डा भीम आचार्यले दुवै जिल्लाको गरी ८ बुँदे जानकारी सार्वजनिक गरेका हुन्। जानकारी पत्रमा दुवै जिल्लामा रुघाखोकी र ज्वरोका बिरामी बढेको तर हालसम्म कसैको मृत्यु नभएको उल्लेख छ। 

महाशाखाले जाजरकोटका विषयमा ५ बुँदे र हुम्लाका विषयमा ३ बुँदे जानकारी सार्वजनिक गरेको छ। जसमा बिरामी बढेसँगै स्वास्थ्यकर्मी सहितको टोली पठाइएको उल्लेख छ। 

जानकारी पत्रमा हुम्लामा मृत्यु भएका भनिएका ७ जनामध्ये ५ जना ८० वर्ष माथिका, १ जना १५ वर्षका र अर्का १ जना २५ वर्षका छन्। तीमध्ये १५ वर्षे युवाको क्रोनिक एब्डोमिनल पेन (पेटको अत्याधिक दुखाई), २५ वर्षे युवाको क्षयरोग र बाँकी ५ जना वृद्धको दमका कारण मृत्यु भएको उल्लेख छ। 

यस्तै जाजरकोटमा मृत्यु भएका ५ जनामध्ये एक जना ८ दिनको बच्चा हुन् भने बाँकी ४ जना ५२ देखि ७२ वर्षका छन्। महाशाखाले ती सबैको मृत्यु रुघाखोकी ज्वरोबाट नभएको दाबी गरेको छ।

 

हेरौँ महाशाखाले सार्वजनिक गरेको जानकारी पत्र

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको