यि हुन विश्वकै १० महंगा फलफुलहरु
सोमबार, २४ पुष २०७४

लक्ष्मी जोशि/ स्वास्थ्य न्युज
१) बुद्ध आकारको नासपातीट (Buddha Shaped Pears):
बुद्ध आकारको नासपाति विशेष गरि चीनमा उत्पादन गरिन्छ । यो नास्पाती भगवान बुद्धको आकारको हुन्छ । चीनमा रहेका किसानको कलाले गर्दा यो नासपातीको आकार बुद्ध जस्तै हुन्छ । यो फललाई एउटा सांस्कृति र भक्ति संग जोडिएको छ । यसको मुल्य लगभग एक हजार रुपैया प्रति गोटा पर्दछ ।
२) सेकाई इकि स्याउ (Sekai Ichi Apple):
सेकाई इकि स्याउ भनेको विश्वको नंम्बर एक सयउ हो । यो स्याउ सबैभन्दा स्वादिष्ट मानिन्छ । यो सयउ करिव १५ इन्च को हुन्छ तसर्थ यो एकदमै ठुलो देखिन्छ र यस्को मुल्य करिब १२०० रुपैया प्रति गोटा पर्दछ ।
३) डेकोपोन सिटरस (Dekopon Citrus) :
यो जापानमा पाईने एक प्रकारको सुन्तला हो । विश्वभरिमा यसलाई एकदमै स्वादिस्ट मानिन्छ । हेर्दा यो एउटा सामान्य सुन्तला जस्तै देखिन्छ र यो सुन्तलामा विउ (वियाँ) हुदैन । यस्को मुल्य करिव १८०० रुपैया प्रति गोटा रहेको छ ।
४) सेमबिकिया क्वीन स्ट्रबेरी (sembikiya queen strawberries) :
यो स्ट्रबेरी बजारमा एकदमै महंगोमा पाइन्छ । यो स्ट्रबेरीको मुल्य करिब ७०० रुपैया प्रति प्याकेट पर्दछ । जसमा १२ वटा स्ट्रबेरी हुन्छ ।
५) बर्गाकार तर्फज (square watermelon ) :
यो तर्फुज जापानमा पाईन्छ जुन अन्य देशहरुमा पनि निर्यात गरिन्छ । यसको मुल्य करिब ९०० रुपैया प्रति गोटा पर्दछ । यो फल एकदमै रसिलो र मिठो हुन्छ ।
६) Pineapples from the lost gardens of Heligan :
यो भुईकटर युरोपको इङ्ल्याण्डको बगैचामा पाईन्छ । यो भुईकटर तयार हुन दुई बर्ष लाग्दछ र यसलाई पकाउन छाया र घोडाको पिसावको आवश्यकता पर्दछ । यो भुईकटरको मुल्य १६०,००० भन्दा बढि पर्दछ ।
७) तयानो तमागो आँप (taiyo no tamago mangoes) :
यो आप अन्डाको आकारमा हुन्छ र यो आप पनि जापनमै पाइन्छ । यसको मुल्य करिव ३००००० रुपैया प्रति गोटा पर्दछ ।
८) रुवि रोमन अंगुर (ruby roman grapes) :
यो अंगुर विश्वको सबैभन्दा महंगो अंगुर हो जुन जापानमा पाइन्छ । यो अंगुरलाई टेबल अंगुर पनि भनिन्छ र यो अंगुरको दाना पिङ पङ बलको आकारको जस्तो हुन्छ । रुवि रोमन अंगुरको मुल्य रु ४००००० रुपैया प्रति गुछा पर्दछ । यो अंगुर रातो हुन्छ ।
९) डेनसुक तर्भुज (densuke watermelon) :
डेनसुक तर्भुजको तौल २५ पाउण्ड हुन्छ र यसको मुल्य रु ६१०००० प्रति पिस पर्दछ । यो फल पनि जापानमै उत्पादन गरिन्छ । हरेक बर्ष जापानमा १०,००० यस्ता तर्भुजहरु उत्पादन गरिन्छ । यो तर्भुजको बाहिरी भाग कालो र बाक्लो हुन्छ र भित्रि भागमा कुनै किसिमको बुट्टा वा दाग हुदैन त्यहिभयर यो कालो गोलो बलजस्तै देखिन्छ ।
१०) युबारी खरभुर Yubari Melon :
युबारी खरभुज पनि जापानमै उत्पादन गरिन्छ । जापानको प्रसिद्ध फलहरुमध्ये यो एउटा फल हो । यो खरभुज को मुल्य रु २३,००००० प्रति जोडा पर्दछ जुन धेरै महंगो हो । यो खरभुज गोलो आकारको हुन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्