फरक डिजाइन र फिचर भएका १० अनौठा कार

बिहिबार, १३ माघ २०७३

 

विश्‍वमा उत्पादन हुने गरेका हरेक कारमा नयाँ फिचर र फरक डिजानइ हुने गरेका छन्।कुनै धेरै तीव्र गतिमा गुड्‍ने गरेका हुन्छन् भने कुनैको स्टाइल नै फरक हुने गरेको छ। ती मध्ये यी १० कारहरु विश्‍वमै सबैभन्दा फरक डिजाइनमा आएका छन्।



१. सेल्फ ड्राइभिङ कार
सेल्फ ड्राइभिङ कार एउटा यस्तो कार हो जुन ड्राइभर बिनै यात्रुलाई गन्त्वयमा लैजाने गर्दछ। यो कारमा कुनै स्टेरियङ हुँदैन। यस्तो प्रकारको कारलाई सर्च इन्जिनका बादशाह गुगललगायत धेरै ठूला कम्पनीहरुले काम गरिरहेका छन्।

 

Self-Driving-Cars1
गूगलका अनुसार यो सेल्फ ड्राइभिङ कार सन् २०२० सम्ममा विश्‍व बजारमा आइसक्‍नेछ। तर गुगलले अहिले गरिरहेको सेल्फ ड्राइभिङ कारको परीक्षण भने सफल हुन सकेको छैन।



२.सोलार प्यानलवाला कार
यो प्रकारको कारलाई फोर्डसहित धेरै ठूला कम्पनले बनाउने तयारी गरिरहेको छ। यो कार पेट्रोलले नभइ सूर्यको प्रकाशबाट चल्‍नेछ। यो कारकको पनि धेरै परीक्षणहरु फेल भइरहेका छन। तर पनि धेरै कम्पनीले सोलारबा६ कारलाई चलाउने प्रयास गरिरहेका छन्।

 

Optimized-Solar-Panels2

 


३.बाहि एयर ब्याग भएको कार
यस्ता धेरै ठूला कम्पनीहरु जसले आफ्नो कारको डिजाइनमा भित्रबाट मात्र नभइ बाहिरबाट पनि एयर ब्याग राख्‍ने तयारी गरिरहेका छन्। यसले दुर्घटनाको समयमा कारमा बस्‍ने मानिसलाई सुरक्षित रहन मद्दत गर्छ। यसले कारमा सवार यात्रुलाई धेरै नोक्सान हुनबाट बचाउँछ।

 

External-Airbags3
 


४.कारमा आपसमा सम्पर्क 
प्रविधिले फड्को मारिरहँदा कार कम्पनीहरुले पनि कारमा धमाधम नयाँ प्रविधि भित्र्याउन लागि परेका छन्। यस्तै ठूला कम्पनीहरुले अब आउने कारमा यस्तो टेक्नोलोजी भित्र्याउँदैछन् जसले कार दुर्घटना हुन लाग्दा आपसमा सन्देश पठाउने गर्दछ।

 

Vehicle-to-Vehicle-Communication4

 

यसलाई उनीहरुले भी टु भी टेक्नोलोजी (Vehicle to Vehicle Communication) भनेका छन्। यो प्रक्रिया वाइरलेस कम्युनिकेशनको माध्यमबाट हुने गर्दछ। यस्तो प्रविधि सेल्फ ड्राइभिङ कारमा समेत हुने बताइएको छ।




५.ड्रम/रिंग शेप कार
यो प्रकारको कार एक इरानी सीजी आर्टिस्ट मुहम्मद ग्याजेलले ड्रम र रिङको आकारमा अनौठो प्रकारको कार बनाएका छन्। यो कारमा दुई वटा स्टेयरिङ ह्विल राखिएको छ।यो कारलाई दुई जनाले समेत चलाउन सक्छ। यसमा इलेक्ट्रोनिक इन्जिन लगाइएको छ। ग्याजेलले बनाएको यो कारको डिजाइनिङ काम भइरहेको छ।


Eringo-EV5
 


६.जिगुआर सीएक्स ७५ कार
जिगुआर सीएक्स ७५ कारमा चार वटा मोटर लगाइएको छ।जसले प्रत्येक पाङग्रामा काम गर्ने गर्दछ। यो कारको अधिकतम स्पीड दुई सय माइल प्रतिघण्टा रहेको छ। यसका साथै यसले शून्यदेखि ६० माइलको दूरी करीब ३ सेकेण्डमा तय गर्ने गर्दछ।

 

Jaguar-C-X75-6

 


७.हाइड्रोजन कार आर्ट इन्स्टलेशन

यो कार चलाउन निक्कै कठिन तर पनि यो एक नमुना हुनेछ। यसलाई आर्ट इन्स्टलेशन सन् २००७ मा ओलाफर एलिसानद्वारा बनाइएको थियो। यो हाइड्रोजन कार एउटा प्रसिद्ध आर्ट सीरीज 'बीएमडब्लू आर्ट कार'मा भाग लिनको लागि बनाइएको थियो।

 

Hydrogen-Car-Art-Installation7

 

ओलाफुर एलिसन कारलाई विशेष प्रकारको धातुबाट बनाइएको थियो। जहाँ बरफको एक टुक्रा समेत छिर्न नसक्‍ने गरी सुरक्षित तबरले बनाइएको थियो।
 


८. केडिलिक ऐरा
सन् २०१० मा लस एन्जल्स अटो शोमा केडिलिकले 'केडिलिक ऐरा' नामक कार बनाएको थियो। यो कारले मर्सिडिज बायो कारभन्दा पनि धेरै पुरस्कार पाएको थियो। यो कारको विशेषता भनेको यसको 'कन्प्रेस्ड एयर' अर्थात आवाज निक्कै कम र भरपुर मात्रामा आरामदायी हुन्छ।

 

Cadillac-Aera8
 


९.रिनस्पीड स्कूबा

रिनस्पीड स्कूबा कार एक प्रकारको पनडुब्बीको रुपमा काम गर्ने गर्दछ। एउटा सडकमा गुड्न लागि र अर्को पानीमा गुड्नको लागि गरी यो कारमा ३ वटा इलेक्ट्रिक इन्जिन लगाइएको छ।

 

Rinspeed-Squba9

 

यसमा दुई वटा जेट प्रोपेलरको माध्यमबाट यो कार पानीमुनी सजिलै चल्‍न सक्छ। पानी मुनी यो कार प्रतिघन्टा १.९ प्रतिघण्टा चलिरहेको छ भने सडकमा यो प्रति घण्टा ७९ माइलको गतिमा चल्‍ने गर्दछ।



१०. मर्सेडीज बायोम कन्सेप्ट कार
यो कार पनि सन् २०१०मा लस एन्जल्सको डिजाइन च्यालेन्जको लागि बनाइएको थियो। उक्त कारको तौल १ हजार पाउण्डभन्दा केही कम रहेको थियो। यसलाई जेली नामक पदार्थबाट बनाइएको थियो।

 

Mercedes-Biome-Concept-Car10


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको