तपाईको हातखुट्टामा पनि छ मुसा छ ? यि हुन लक्षण र मुसाका प्रकारहरू ।

शनिबार, २७ माघ २०७४

 

डा.ललितकुमार मिश्र,


जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ । सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् ।


लक्षणहरू
धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् ।


मुसाका प्रकारहरू
(१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ ।

 

(२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ ।


यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ ।

 

(३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् ।

 

(४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ ।

 

(५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउलीजस्तो देखिन्छ ।

 


 

क्यान्सरकारक पनि हुन्छ मुसा
यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ ।

 

खतरानाक अवस्थाका मुसा
यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको