कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३ सय शय्याको भवन उद्घाटन, प्रधानमन्त्रीले भने- कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने इच्छा छ

सोमबार, २९ माघ २०७४

 

सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ३ सय शय्याको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

७५ करोड रुपैयाँ बजेटमा निर्मित भवनको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे। उद्घाटनपछि प्रधानमन्त्री देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश नम्बर ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताए। 

'जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरी लगायतका बहुवर्षीय योजनाहरु छिटो अघि बढाउनुपर्छ', प्रधानमन्त्रीले भने।

 

प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए। उनले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन समेत दिए। 

प्रतिष्ठानको सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै प्रधानमन्त्री देउवाले अस्पताल जस्ता पवित्र स्थान आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने जनाए। 

 

कार्यक्रममा स्वास्थ्यमन्त्री दीपक बोहराले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवा समेत थप गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले प्रतिष्ठान सञ्चालनमा सबैको सहयोगको आवश्यकता रहेको औंल्याए। 

अस्पताल निर्देशक धर्मराज गोसाईले अहिले २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टर प्रतिष्ठानमा कार्यरत रहेको जनाउँदै प्रदेश नम्बर ६ का १० जिल्ला र प्रदेश नम्बर ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए। 

 

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। (रासस)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको