अचम्मकाे जुक्ति : खेती जोगाउन सनी लियोनको पोस्टर!

आइतबार, ०६ फागुन २०७४

 

खेती जोगाउन राम्रोसँग मलजल गरेकोदेखि चरामुसाले नखाऊन् भनेर बुख्याचा राखेको त देखिआएकै हो । तर, खेती जोगाउन अभिनेत्रीको बिकिनी फोटो खेतमा राखिएको खबर पक्कै अनौठो लाग्छ ।

 

खबर भारतको आन्ध्र प्रदेशको हो । निलोरे जिल्लाको पिल्ले गाउँका एक किसानले पूर्वपोर्नस्टारसमेत रहेकी भारतकी हट अभिनेत्री सनी लियोनको पोस्टर राखेका छन् । बिकिनी लगाएकी सनीको पोस्टर खेतमा राख्नुको कारण केवल खेती जोगाउने उपाय भएको किसान छेन्चु रेड्डीले जनाएका छन् ।

उनको खेतमा काउली र बन्दालगायत तरकारी छन् । उक्त गाउँमा नमुना किसानका रूपमा चिनिएका छेन्चुको कामको अरूले डाहा गर्न थाले । उनको लहलहाएको तरकारी खेतीमा दुनियाँले आँखा लगाउन थाले । अरूले नराम्रो दृष्टिले आँखा लगाउँदा खेती बिग्रिने विश्वास यो गाउँमा व्याप्त छ।

त्यसैले अरूको खराब दृष्टिबाट खेती जोगाउन छिन्चुले सनीको कामुक पोस्टर खेतमै राखिदिने जुक्ति निकाले । छेन्चुले सनीको पोस्टरमा तेलेगु भाषामा लेखेका छन्, ‘ए ! ममाथि आरिस नगर ।’ अहिले दुनियाँको आँखा तरकारी खेतीभन्दा सनीको तस्बिरमा पर्न थालेको उनले बताए । अरूले रिसको भावनाले खेतीबालीमा हेर्दा अन्न तथा तरकारी कुहिने मान्यता राख्ने छेन्चुलाई यसपटक भने बाली राम्रो भएकोमा सन्तोष लागेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको