बिनाधितो, बिनाब्याज युवालाई पाँच लाख
सोमबार, २१ फागुन २०७४
पोखरा । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले युवा परिषद कास्कीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
युवा परिषद कास्कीले आफ्नो दोस्रो वर्ष प्रवेशको अवसरमा एक वर्षे कार्ययोजना सार्वजनिक गरेको छ, युवालाई उद्यमशील बनाउने उद्देश्यले बिनाधितो र बिनाब्याज पाँचलाख रुपियाँ उपलब्ध गराएको छ ।
युवा उद्यम कार्यक्रम परिषदले एक निर्वाचन क्षेत्र एक वडा दश युवाको अवधारणा अनुसार युवा संस्थाले दिएको आवेदनका आधारमा छनोट गरी पाँच लाख उपलब्ध गराएको युवा परिषद कास्कीका अध्यक्ष आशीर्वाद सुवेदीले बताए ।
युवा उद्यम कार्यक्रमअन्तर्गत कास्कीका तीन निर्वाचन क्षेत्रका तीन युवा समूह छनोट गरी बिनाब्याज र बिनाधितो ऋण लगानी गरेको उनले बताए । याे खबर अाजकाे गोरखापत्र दैनिकमाा छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्