चार स्थानबाट आकस्मिक एम्बुलेन्स सेवा सुरु गर्ने सम्झौता

मङ्गलबार, २२ फागुन २०७४

 

काठमाडौं । आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुुलस सर्भिस (नास) बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

उक्त सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग बिभागका प्रमुख डा. श्रीकृष्ण गिरी तथा नेपाल एम्बुलेन्स सेवा (नास) का तर्फबाट अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

 

सम्झौतापत्रमा उल्लख भए अनुसार नासले हालका लागि ११ वटा एम्बुलेन्समार्फत देशभरका चार वटा स्थानबाट उक्त सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यका, चितवन, पोखरा तथा बुटवलबाट सञ्चालन गरिने उक्त सेवा पाउनका लागि सेवाग्राहीले नासले उपलब्ध गराएको नम्बर १०२ मा सम्पर्क गर्नु पर्नेछ ।

काठमाडौ उपत्यकाको हकमा ६५० रुपैयाँमा तथा काठमाडौं बाहिरको हकमा चितवनबाट काठमाडाैं आउने तथा काठमाडौंबाट चितवन जानको लागि आठ हजार पाँच सय तथा पोखराबाट काडमाडौंको लागि करिब १५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको नासले उक्त सेवा लिन चाहने कुनै पनि सेवा ग्राहीले १०२ मा सम्पर्क गरेको आधारमा तत्काल सेवा लिन सक्ने जनाएको छ ।

‘नेपालमा यातयातको लागि मात्र प्रयोग हुँदै आएको एम्बुलेनसको विकृति रोक्नका लागि नेपाल सरकारसितको सम्झौतामा यो सेवा सुचारु गरेका हौ ।’ नासका प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिङ्ग अफिसर) अमित जोशीले भने ।

सम्झौता पत्रमा हस्ताक्षर भएको करिब एक हप्ताबाटै सञ्चालनमा आउने यो सेवन लिन चाहनेले नासमार्फत ‘ए’ ग्रेडको एम्बुलेन्समार्फत सेवा लिन सक्नेछन् ।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको वर्ग छुट्याएर त्यसलाई ए, बी र सी श्रेणीमा वर्गिकरण गरेको थियो ।

जसमध्य नासले ए श्रेणाीका एम्बुलेन्सर सञ्चालनमा ल्याएको छ । उक्त एम्बुलेन्समा प्यामेडिक्सका साथमा अक्सिजान लगायतका आकस्मिक सेवाका लागि चाहिने लगभग ७५ प्रतिशत सबै सुविधा उपलब्ध हुनेछ ।

त्यसो त नासले छ वर्षको अवधिमा हालसम्म आफ्नो एम्बुलेन्स मार्फत झण्डै २६ हजार विरामीलाई आकस्मिक सेवा दिनुका साथै करिब ४५ जना गर्भवतीको एम्बुलेन्समै सुत्केरी गराइसकेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको