कैलाली र कञ्चनपुरका जंगलमा यसरी मारिंदैछ गाईहरु (भिडियो)

मङ्गलबार, २२ फागुन २०७४

 

नेत्र बिक्रम विमली /काठमाडौं,  सुदूरपश्चिमका जिल्लाका जंगलमा लगेर गाई मारिएको दाबी गर्दै जगतगुरु नेपाल सञ्चार केन्द्रले त्यसको भिडियो सार्वजनिक गरेको छ । गौ रक्षाको लागि सबैलाई संवेदनशील बन्न आग्रह गर्दै आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रले सो भिडियो सार्वजनिक गरेको हो ।

जगदगूरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले प्रदेश नम्बर ७ का कैलाली र कञ्चनपूरका विभिन्न जंगलहरुमा राष्ट्रिय जनावर गाईको निर्ममतापूर्वक हत्या गरिएको भन्दै गौ रक्षार्थ संवेदनशील बन्न आग्रह गरे ।

 

 

‘म महाकालीको यात्रामा थिएँ, कैलाली र कञ्चनपुरका जंगलहरुमा गाईहरुको लागि बन्दि गृह बनाइएको छ, जहाँ पशुलाई खानेकुरा छैन्, सुख्खा स्थानमा बन्दीगृह बनाएर राखिएको छ’, उनले भने, ‘हिजो त्यहि गाईको दुध खाएर बाँचेका नेपालीले आज त्यहि गाईलाई गिद्धको आहार बनोस् भनेर बन्दिगृहमा भोकभोकै राखका छन् । सयौँ गाईहरु मरिरहेका छन् ।’

आहार र पानीको अभाव कयौं गाईहरुको मर्ने अवस्थामा रहेका उनको भनाइ छ । जगदगुरुले भने, एकातिरबाट स्यालले लुछेको छ, अर्को भागमा गिद्ध, कागले आँखा गाढेर खाई रहेको छ, कुनै जीवलाई मोटाउनको लागि राष्ट्रिय जनावरको निर्ममतापूर्ण हत्या गरिनु कुनै कोर्णबाट न्यायोचित होइन ।’

विभिन्न सडक र जंगलमा राखिएका गाईहरुको उचित चरन र जंगलमा छोड्नको लागि व्यवस्था नमिलाएसम्म आफ्नो अनसन जारी रहने उनको चेतावनी छ ।


Source: medianp


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको