आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

बिहिबार, २४ फागुन २०७४

 

काठमाडौं । आज १ सय ८ औं अन्तर्राष्ट्रिय  महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

 

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।

महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको