गुल्मीमा ६ वर्षिया बालिका बलात्कृत
बुधबार, ३० फागुन २०७४

गुल्मी को ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । हीजो करीव ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर ३ नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएको जनाईएको छ ।
उक्त गाउपालीका का १७ वर्षिय हिमाल दर्जि ले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले दर्जीलाई पक्राउ गरी बुधबार मात्र अदालतमा मुद्धा दायर गरिएको जानकारी दिएका छन् । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
अस्पतालका डाक्टर सुवोध ज्ञवालीका भनाई अनुसार बालिकाकोे यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको जानकारी दिए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्