सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली ‘बर्खास्त’

बुधबार, ३० फागुन २०७४

 

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

 

न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

अब उनले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।

 

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ ।

परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ ।

 

पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको