सर्वोच्च अदालतको विवाद, पराजुली पदमुक्त प्रकरणले लियो नयाँ मोड
बिहिबार, ०१ चैत २०७४

काठमाडौं, प्रधानन्यायधीस गोपालप्रसाद पराजुली पदमुक्त प्रकरणले नयाँ मोड लिएको छ । आजको मितिसम्म प्रधान न्यायाधीश पदमा कायमै रहेका छन् वा उमेर हदको कारण उनको अवकाश भइसकेको हो भन्ने अझै स्पष्ट भएको छैन । परीक्षा नियन्त्रण कार्यालयको पत्र अनुसार अवकास पाउन अझै १ वर्ष २ महिना १७ दिन बाँकी छ (वुधबारको मितिमा) । तर, पराजुली महोदयको उमेर ३ थरीका छन् । सरकारी कागजात अनुसार पराजुली ३ पल्ट जन्मिएका छन् अर्थात् जन्ममिति नै ३ वटा छ । पराजुलीले जन्म दिन कहिले मनाउँछन् त्यो चाहीँ खुल्न बाँकी छ ।
परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरुका दावी अनुसार कार्यालयमा रहेका कागजातका आधारमा प्रधानन्यायाधीश पराजुलीको पदावधी भदौमा सकिएको होइन अझै बाँकी छ। बुधबार साँझ सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले परिषदलाई पठाएको पत्रले पनि यही कुरा बताउँछ। कार्यालयले न्याय परीषदलाई पठाएको पत्र अनुसार प्रधानन्यायाधीश पराजुलीको जन्ममिति २०११ बैशाख १३ हो। परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरुले पनि कार्यालयमा रहेको रेकर्ड अनुसार पराजुलीको जन्ममिति यही देखिने बताएका छन्।
न्याय परिषद्को पत्रमा कार्यालयले पराजुलीको जन्ममितिबारे पठाएको पत्रको चलानी नम्बर ४२४ रहेको उल्लेख छ। बुधबार साँझ कार्यालयले परिषदलाई पठाएको पत्रको चलानी नम्बरपनि यही नै देखिन्छ। परिषदलाई पठाइएको सो पत्रमा परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विजयप्रसाद आचार्यले हस्ताक्षर गरेका छन्।
बरिष्ठ अधिबक्ता समेत रहेका माओवादी केन्द्रका सांसद रामनारायण विडारीले न्याय परिषदको बैठकविना सचिवले गरेको पत्राचार अबैध भएको दावी गरेका छन्। विडारीका भनाईमा, परिषद्को औपचारिक बैठकले निर्णय गरेपछिमात्र सचिवले पत्राचार गर्न सक्छन्। तर, प्रधानन्यायधीसलाई पत्राचार गर्ने सम्बन्धमा पत्राचारको कुनै निर्णय परिषदको बैठकबाट भएको कुरा उल्लेख छैन।
यो प्रकरणपछि प्रधानन्यायधीस पराजुलीको जन्ममिति सम्बन्धी विवाद अब नयाँ कुरा रहेन। उनका विभिन्न मितिका नागरिकता र शैक्षिक प्रमाणपत्रहरुले उनको जन्ममितिमा कैफियत रहेको नै देखाउँछ। तर, न्याय परिषद सचिवले परीक्षा नियन्त्रण कार्यालयको पत्र भन्दै प्रधानन्यायधीस पदमुक्त भएको जस्तो पत्र पठाए, त्यसबाट सचिव निरौला पनि दुई कारणले विवादमा तानिएका छन्। हिजो प्रधानमन्त्री र राष्ट्रपति दुवैले प्रधान न्यायाधीश पराजुलीलाई बिदामा बस्न अनुरोध गरेर नयाँ प्रधान न्यायाधीशबाट राष्ट्रपतिलाई शपथ ग्रहण गराउने अपेक्षा गरेका थिए । तर, पराजुली उनीहरूको सल्लाहलाई बेवास्ता गरेर बिदामा बसेनन् ।
न्यायपरिषद ऐनले के भन्छ ?
पराजुलीको उमेर फरक फरक देखिएपछि, परिषद्का सचिव निरौलाले ऐनको दफा ३१ (७) बमोजिम निर्णय गरेको हो । न्याय परिषद ऐन को दफा ३१, उपदफा १ अनुसार, यति पराजुलीको उमेर हद २०७४ साउन २१ मै सकिएको हो भने, त्यसको ६० महिनाअघि २०७४ जेठ २१ अघि नै उनी र सम्बन्धित निकायलाई किन जानकारी गराइएन ?
हेर्नुस् यस्तो छ प्रावधान
सर्वोच्चको वेबसाइटबाट हटाइयो गोपाल पराजुलीको नाम
सर्वोच्च अदालतको वेबसाइटबाट पदमुक्त घोषणा गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीको तस्बिर हटाइएको छ। वेबसाइटको होमपेजमा तस्बिर राखिएको ठाउँमा कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको तस्बिर राखिएको छ।
होमपेजबाट पराजुलीको तस्बिर हटाइए पनि भित्र भने अहिले पनि प्रधान न्यायाधीशमा पराजुलीकै नाम तथा तस्बिर राखिएको छ। बिहीबार न्यायपरिषद्का सचिवले पराजुली पदमुक्त भइसकेको पत्र जारी गरेका थिए। कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार मुददाको दैनिक पेसी र इजलास तोकेसँगै पराजुलीको तस्बिर झिकेर उक्त ठाउँमा जोशीको विवरण राखिएको हो।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्