वर्ल्ड ह्याप्पीनेस रिपोट काअनुसार नेपाल खुशी राष्ट्र मध्ये १०१ औँ स्थानमा
बिहिबार, ०१ चैत २०७४

वर्ल्ड ह्याप्पीनेस रिपोट काअनुसार नेपाल खुशी राष्ट्र मध्ये १०१ औँ स्थानमा परेको छ । सन २०१८ मा १५६ वटा देशहरुको सुचीमा नेपाल १०१ औँ स्थानमा परेको हो । कुल ग्राह्स्थ उत्पादन, सामाजिक सद्भाव, स्वस्थ जीवनयापन, उदारता र भ्रष्टाचारप्रतिको धारणालाई लिएर गरिएको अध्ययनमा नेपाल १०१ औँ स्थानमा परेको जनाईएको छ ।
नेपालले ह्याप्पीनेस स्कोर ४।८८० पाएको र अघिल्लो वर्ष पहिलो खुशी मुलुकको सुचीमा पहिलो स्थानमा रहेको नर्वेलाई पछाडि पार्दै यसवर्ष फिनल्याण्ड पहिलो स्थानमा उक्लिएको हो । दक्षिण एसियामा सबैभन्दा कम खुशी देश अफगानस्तान र भारत देखिएका छन्। अफगानस्थान सुचीको १४५ औँ स्थान र भारत १३३ औँ स्थानमा रहेको छ ।
दक्षिण एसियामा सबैभन्दा खुशी मुलक पाकिस्तान रहेको रिपोर्टवाट आएको छ । ७५ औँ स्थानमा रहेको पाकिस्तानले ५।४७२ अंक पाएको छ। त्यस्तै भुटान दक्षिण एसियामा दोस्रो खुशी मुलुकमा दर्ता भएको छ । भुटान सुचीको ५।०८२ अंकका साथ ९७ औँ स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ११५ औँ र श्रीलंका ११६ औँ स्थानमा रहेको र नेपालको अर्को छिमेकी चीन ८६ औँ स्थानमा रहेको पाईएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्