कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिहिबार, ०१ चैत २०७४

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बाल जागृति विद्यालय नजिक हिजो राति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका–३ का करिव ५५ वर्षका वीरसिंह महरा भएको प्रहरीले जनाएको छ ।

 

भारतको दिल्लीबाट काठमाडौं जाँदै गरेको बा४ख २३८९ नम्बरको बसले ठक्कर दिँदा महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुकरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिएका छन् ।

 

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ। बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको