जन्मदिनको शुभकामना तिमीलाई - कपिल

शुक्रबार, ०२ चैत २०७४

 

तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

 

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

 

दुबै हातहरू मेरा छन् खाली, छैन केही पनि दिनलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

 

दुःख भागोस् अघि सुखले पक्ष्याओस्,
बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,
सबैको मुख–मुखले तिम्रै नाम लिउन्,
भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।

 

मिठो बोलेर सँधै तिमीले, हाँसी दिए पुग्छ मलाई,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

 

तिम्रो जन्म दिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।


- राधिका पाेख्रेल (बुटवल)


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

आत्म ~हत्या

भनिन्छ "संघर्ष नै जिवन हो" जिवन अनि संघर्ष यि दुबैलाई अपसमा पर्यायको रुपमा हेरीन्छ अर्थात संघर्षमय जिवन ठानिन्छ । यस संघर्षशिल...

जिन्दगी ...!

सागर शर्मा :- जिन्दगी हाँसो खुसि आँसुमा बितरह्यो अहिले पनि क्रम त्यस्तै जारी छ । बालापनमा ठुलो मान्छे बन्न मन...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको