स्थानीय जडिवुटी तितेपाती, के-के फाइदा छन् ? जान्नुहाेस्

शनिबार, ०३ चैत २०७४

 

काठमाडौं - स्थानीय स्तरमा यत्रतत्र पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।

 

जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।

 

तितेपाती  नेपालको भुगाेलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसकाे छुट्टै महत्व छ ।

 

औषधीको रुपमा तितेपातीले के काम गर्छ ?

१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।

२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।

३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।

४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

 

कसरी उपयोग गर्ने ?

१‍. बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।

२. यसको स्वरस (झोल) ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।

३. बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।

४. छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।

५. सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ । अन्य प्रयोग १.सबेै रोगलाई उपर्युक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।

-बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् । कति प्रयोग गर्ने ? १‍‍‍. सामान्य मात्रा लेदो चूर्ण तीनदेखि पाँच ग्राम प्रयोग गर्ने ।

-१० देखि १५ थोपा स्वरसको एक गिलास पानीमा काडा बनाएर सेवन या लेपन गर्ने ।

– तीन–चार थोपा दिनमा एक–दुई पटक खाँदा फाइदा गर्छ ।


यस समाचार स्थानियन बुढापाकाको भनाईको अधारमा तयार पारिएको हो – सम्पादक


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको