१९ बर्षिय युवतिले बनाइन् बलात्कार हुनबाट बचाउने पेन्टी

आइतबार, ०४ चैत २०७४

 

काठमाडौ । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

 

उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।


स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’
उनका अनुसार पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।


पुलिसका अलावा परिजमरका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ?
सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको हो ।’


यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको