नेपालको अबको लक्ष्य ५० ओभरको विश्वकपः पारस खड्का

आइतबार, ०४ चैत २०७४

 

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो ।

 

‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने अझ सम्बृद्ध हुन्छौं ।’

 

नेपाल क्रिकेट संघ निलम्बनमा छ । तर, क्रिकेट संघको विधान संशोधन गरेर निलम्बन फुकुवा गर्ने प्रयास जारी छ । आईसीसीको तालिकाअनुसार विधान संशोधन भए जुनमा हुने साधारणसभाले नेपालको निल्म्बन फुकुवा गर्नसक्छ ।

 

‘हामीले देशभित्र धेरै खेल खेलाउनुपर्छ र हाम्रो भौतिक पूर्वाधार बनाउनुपर्छ,’ कप्तान पारस भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा सुरुमा बोर्ड सक्रिय हुनुपर्छ । हामी अझै निलम्बनमा छौं । आश छ कि जुनमा निलम्बन फुकुवा हुन्छ र क्रिकेट संचालन गर्ने सक्षम बोर्ड बन्छ ।’

 

विश्वकप छनोटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सँग हार्दै आठौं भयो तर, कप्तान पारस यो साता नेपालले हात पारेको उपलब्धीप्रति खुसी छन् ।

 

यो उनको व्यक्तिगत र टीम दुबैको सपना थियो । पारसले भने, ‘एक दिन हामी टेष्ट नेशन बन्छौं । शायद यसका लागि ८-१० वर्ष लाग्ला । तर, अबको हाम्रो गोल ५० ओभरको विश्वकप हो ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको