बुटवलबाट बाग्लुङ जादै गरेको यात्रु बस दुर्घटना , दर्जन बढी यात्रु घाइते

मङ्गलबार, ०६ चैत २०७४

फाईल तस्विर


 

बाग्लुङ, बागलुङको ढोरपाटन नगरपालिका-१ गरगरेमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

 

रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस मंगलबार बिहान साढे चार बजे दुर्घटना भएको हो । बस चालक निदाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

दुर्घटनामा घाईते भएका १५ जना यात्रुहरुलाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ । घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । उनको शरीरमा ठूलो घाउ लागेको छ ।

 

प्रहरीका अनुसार एकजना बृद्धाको अवस्था अज्ञात छ । उनको खोजी कार्य भए पनि भेट्न नसकिरहेको बताइएको छ ।

 

बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको