चन्दा माग गर्दै चिठी आतंक मच्चाएको आरोपमा नेकपाका नेता पक्राउ

मङ्गलबार, ०६ चैत २०७४

 

धनकुटा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मध्य कोशी ब्यूरो इन्चार्ज निशान राई र कोशी ब्यूरो सदस्य सागर लिम्बूसहितलाई प्रहरीले पक्राउ गरेको छ।चन्दा माग गर्दै चिठी आतंक मच्चाएको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

 

नेकपाको कोशी ब्यूरो बैठक बसिरहेको बेला सोमबार राति उनीहरुलाई धनकुटाको हिले बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै नेकपाका संखुवासभा इन्चार्ज समूल, सचिव दिव्य बराल, धनकुटा इन्चार्ज आकाश शर्मा, सचिव नवराज भट्टराई, तेह्रथुम सचिव कमला लिम्बू पनि पक्राउ परेका छन्।

 

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको प्रहरीले जनाएको छ। यसैबीच विनाकारण आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले विनाशर्त रिहाइको माग गरेका छन्। प्रहरीले भने सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको जनाएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको