सरकारी उर्दीको सरकारी निकायद्वारा नै अवज्ञा
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं, सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणका लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् ।
मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।आजको नयाँ पत्रिकामा खबर छ ।
महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टासम्म होल्ड र्गयौँ । तर, भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’ उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्दे्शिका नै बनेको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्