भिडियो गेम खेल्न नपाएपछि ९ वर्षे बालकद्वारा गोली हानी दिदीको हत्या

मङ्गलबार, ०६ चैत २०७४

 

एजेन्सी,  भिडियो गेम खेल्न नपाएको रिसमा एक ९ वर्षीय बालकले आफ्नी १३ वर्षीया दिदीलाई गोली हानी हत्या गरेको छ ।

अमेरिकास्थित मिसीसिपीमा शनिवार दिउँसोको समयमा भिडियो गेम खेल्न नपाएपछि बालकले आफ्नै दिदीलाई पछाडीबाट गोली प्रहार गरेका थिए । गोली बालिकाको मस्तिष्कमा लागेको प्रहरीले बताएका छन् ।

 

एक स्थानीय अधिकारीकाअनुसार घाइते बालिकालाई मेमफिस अस्पतालमा भर्ना गराइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो । उता बालकले त्यस्तो २५ क्यालिबरको बन्दुक कहाँबाट पायो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

साथै ९ वर्षीय बालकलाई यस्तो अपराधका लागि कस्तो कार्वाही हुने भन्नेबारे कुनै निर्णय भएको छैन ।

 

प्रहरीहरुले बच्चाले गोली चलाउन भिडियोबाट सिकेको र गोली चलाउँदा त्यस्तो दुर्घटना हुनसक्ने भन्ने थाहा नभएको हुनसक्ने बताए ।

घटनाकोक्रममा उनीहरुको आमा अर्को कोठामा बच्चालाई खाना खुवाउँदै थिइन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको