पत्रकार द्वारा ७ बर्षीया बालिका बलात्कृत

बुधबार, ०७ चैत २०७४

 

दक्षिण ललितपुरमा ६ बर्षीया बालिका सोमबार बलात्कृत भएको घटना सेलाउन नपाउँदै ललितपुरमै अर्की ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

 

गोदावरी नगरपालिका १४ की बालिका मंगलबार दिउँसो अन्डरलाइन वीक्लीमा कार्यरत पत्रकार दीपेश साह चक्रवर्तीबाट बलात्कृत भएकी हुन् ।

 

पीडित बालिकाले आमालाई घटनाबारे बताएलगत्तै साहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको वृत्तका डीएसपी विनोद सिलवालले जानकारी दिए ।

पीडित परीवारको किटनी जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको र बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने डीएसपी सिलवालले बताए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको