त्रिविका मेडिकल कलेजमा एमडीएमएस शुल्क २३ लाख सिफारिस

बुधबार, १४ चैत २०७४

 

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरेअनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ।

सोमबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को २०७२ भदौ ३१ को निर्णयअनुसार शुल्क लागू गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले एमडिएमएस शुल्क २३ लाख तोकेको थियो।

 

काठमाडौं विश्वविद्यालयले सोहीअनुसार शुल्क लागू गर्दै आए पनि त्रिवि कार्यकारी परिषद्ले अघिल्लो वर्ष सोही तहका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। नयाँ शुल्क लागू भएमा गत वर्षभन्दा आठ लाख शुल्क घट्नेछ।

केही दिनअघि आइओएम डिन कार्यालयले अघिल्लो वर्षकै शुल्क लागू गर्न सिफारिस गरेको थियो। तर सो सिफारिसमा विवाद भएपछि डिन कार्यालयले फ्याकल्टी बोर्ड बोलाएर नयाँ निर्णय गरेको हो।

 

बोर्डको निर्णयलाई त्रिवि कार्यकारी परिषद्ले अनुमोदन गर्नुपर्छ। बोर्डले सरकारले शुल्क तोकिसकेको सन्दर्भमा त्यही शुल्क लागू गर्नुपर्ने दायित्व हुने भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

इओएम डिन डा. जगदीशप्रसाद अग्रवालले अन्य विषयका लागि भने सरकारले शुल्क निर्धारण नगरेकाले विश्वविद्यालयले अघिल्लो वर्ष तोकेअनुसार नै हुने गरी निर्णय भएको जानकारी दिए। अघिल्लो वर्ष विरोधका बीचमा पनि आइओएमले २७ लाख रुपैयाँ सिफारिस गरेकोमा त्रिविले पुनः अर्को समिति बनाएर ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो।

 

आइओएमअन्तर्गत युनिर्भसल मेडिकल कलेज भैरहवा, नेसनल मेडिकल कलेज र पिपल्स डेन्टल कलेजमा स्नातकोत्तर तहको पढाइ हुन्छ। आइओएम फ्याकल्टी बोर्ड यस वर्षदेखि चितवन मेडिकल कलेज, नेपाली सेनाको मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा समेत एमडीमा भर्नाका लागि अनुमति दिएको छ।

 

  • आजको नागरिक दैनिकमा समाचार छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको