लाइसेन्स बनाइदिने भन्दै ७० हजार रूपैयाँ घुस लिने ट्राफिक प्रहरी पक्राउ
बुधबार, १४ चैत २०७४

लमजुङ, सवारीचालक अनुमती पत्र (लाइसेन्स) बनाइदिने भन्दै ७० हजार रूपैयाँ घुस लिने एक ट्राफिक प्रहरी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिक्षा नै नदिई लाइसेन्स बनाइदिने भन्दै घुस लिएको ट्राफिक प्रहरी जवान मोतिकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
मंगलबार साँझ बेसीशहरस्थित सोनी रेस्टुरेन्टमा ७० हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। वीरगंजबाट लाइसेन्स बनाइदिने भन्दै उनले २ जनासँग ३५/३५ हजार रुपैयाँ लिएका थिए। ट्रायल नै नदिई लाइसेन्स बनाइदिने आश्वासन दिएर उनले पैसा असुलेका हुन्।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्