गर्मीमा पौडीः मोटोपन घटाउनदेखि कोलोस्टोर नियन्त्रणसम्म

सोमबार, १९ चैत २०७४

 

क्रमस गर्मीको पारो चढ्दैछ । हिजो भन्दा आज र आज भन्दा भोलि मौसमी तापमान बढ्नेछ । यस्तो बेला चिसो पानीमा पौडनु पक्कैपनि रमाइलो हुन्छ । आनन्द हुन्छ ।

पौडी मनोरञ्जन हो । पौडी व्यायाम हो । पौडी कला पनि हो ।

 

पौडीको अनेक स्वास्थ्य लाभ छन् । यसले मोटोपन घटाउनदेखि कोलोस्टर नियन्त्रणसम्ममा सघाउँछ ।

त्यसो त शहरी क्षेत्रमा गर्मीकै लागि पौडी  पुल सञ्चालन गरिन्छ । केटाकेटी, वयस्क सबै चिसो पानीमा पौडिएर गर्मीको आनन्द लुट्छन् । यसले शरीरमा सितलता अनुभव हुन्छ । त्यसो त पौडी खेल्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । पौडी खेल्दा शरीरको व्यायाम हुन्छ ।

पौडी आफैमा खेल हो र कला पनि । त्यसैले पौडी खेल्ने आफ्नै विधि र तौर तरिका छन् । यद्यपी नियमबद्ध पौडी खेल्नुपर्छ भन्ने छैन । यो रमाइलो पनि हो ।

तर, पौडी  खेल्नुअघि केही कुरामा भने सावधानी अपनाउनुपर्छ । कतिपय अवस्थामा दुर्घटना हुनसक्छ भने छाला लगायत संक्रमणको भय पनि उत्तिकै हुन्छ । खासगरी बालबालिकालाई एक्लै छाड्नु हुँदैन ।

१. पौडी  गर्नु ३० मिनेटअघि पर्याप्त पानी पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

२. पौडी का लागि राम्रो र सुविधायुक्त पौडी  पुल छनौट गर्नुपर्छ ।

३. पौडी  पुलको पानी दूषित हुने भएकाले यसवाट छिटै संक्रमण फैलिने तथा छालाको समस्य आउन सक्छ ।

४. पौडी  पुलको पानी बेला बेलामा फेरिरहनु पर्छ । यदि त्यसो गरिएको छैन भने उक्त पानीको कारण झाडापखला र टाइफाइड जस्ता सरुवा रोग लाग्न सक्ने खतरा हुन्छ ।

५. पौडी  पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ ।

६.  पौडी  पुल जानुअघि नै राम्रो पौडी  कस्ट्युमको व्यवस्था गर्नुपर्छ ।

७.  राम्ररी पौडन नजान्नेहरुले सहयोगीको साथमा मात्र पौडीको अभ्यास गर्नुपर्छ ।

 

क्लोरिन बढी भएमा छालालाई असर

आफु जाने पौडी  पुलको पानीमा क्लोरिनको मात्रा कति छ ? थाहा पाउनुपर्छ । किनभने पौडी  पुलमा पानी सफा गर्नका लागि क्लोरिन प्रयोग गरिन्छ । क्लोरिनको मात्रा बढी भयो भने त्यसले छाला सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

 

पौडीपछि नुहाउनु अनिवार्य

पौडी  गर्न जानुअघि साबुन, स्याम्पु पनि बोक्नुपर्छ । जब पौडी  गरिन्छ, तब सफा पानीमा साबुन र स्याम्पुले नुहाउनु पर्छ । यसले गर्दा क्लोरिनयुक्त पानीको प्रभाव शरीरमा रहदैन ।

 

आँखा र कानको सुरक्षा

पौडी  गर्दा आँखा र कानलाई बचाउनुपर्छ । आँखामा पौडी  ग्लास लगानुपर्छ जो मूख्य रुपले पौडी का लागि तयार गरिएको हुन्छ । पौडी  ग्लास लगाइएन भने आँखा रातो हुने वा संक्रमण हुने डर हुन्छ । पौडी का बेला कानमा पानी पस्ने भय हुन्छ । त्यसैले इयर प्लग लगाउनुपर्छ ।

 

मोटोपन घटाउनदेखि कोलोस्टर नियन्त्रणसम्म उपयोगी

-पौडी  जुनसुकै उमेरकाले गर्न सक्छन् । यसले रक्त प्रवाह राम्ररी गराउँछ । पानीमा तैरने अभ्यासले शरीरमा रक्त संचार बढ्छ ।

-स्वस्थ्य रहनका लागि शरीरमा खराब कोलेस्ट्रोल कम हुनु आवश्यक छ । यसका लागि शरीरमा राम्रो कोलेस्ट्रोल बढी हुनुपर्छ । हप्तामा ५ पटक तैरने अभ्यासले शरीरमा राम्रो कोलेस्ट्रोल बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित राख्नका लागि पौडी राम्रो विकल्प हो ।

-मोटोपनको समस्या खेपिरहेकाहरुका लागि पौडी यस्तो विकल्प हो, जसले विना कष्ट मोटोपन घटाउन सहयोग गर्छ । क्यालोरी बर्न गर्ने राम्रो उपाय हो, पौडी ।

-पौडिएको समयमा सासमाथि नियन्त्रण राख्नुपर्ने हुन्छ । यसले फोक्सोको राम्रो कसरत हुन्छ । परिणमतः शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

-शरीरलाई लचिलो बनाउनमा पौडी निकै उपयोगी हुन्छ । पौडी खेल्दा शरीरका सबै अंगहरु सक्रिय हुन्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको