चिकित्सा शिक्षा अध्यादेशको बारेमा दुबै सदनलाई जवाफ दिँदै शिक्षा मन्त्री
मङ्गलबार, २० चैत २०७४

काठमाडौँ, चिकित्सा शिक्षा अध्यादेश २०७४ को विरोध गर्दै प्रस्ताव दर्ता भएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आज संसदमा त्यसको जवाफ दिने भएका छन् ।
गत आइतबार संसदमा दर्ता भएको चिकित्सा शिक्षा अध्यादेश २०७४ को बारेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध प्रस्ताव दर्ता गरेका छन् ।
उनको विरोध प्रस्ताव चिकित्सा शिक्षा अध्यादेश ल्याउनै हुँदैन भन्ने छ । मन्त्री पोखरेलले आफूले टेवुल गरेको अध्यादेशमा विरोध प्रस्ताव दर्ता गरेपछि त्यसको जवाफ दिने कार्यक्रम भएको बताए । ‘आज प्रतिनिधि सभा र राष्टिय सभा दुबै संसदमा मैले जवाफ दिने कार्यक्रम छ,’ मन्त्री पोखरेलले भने ।
प्रतिस्थापन विधयेक ल्याउने तयारी
यसैबीच आज चिकित्सा शिक्षा अध्यादेशलाई संसोधन सहित अघि बढाउन आजै प्रतिस्थापन विधियेक ल्याउने तयारी छ । स्रोतका अनुसार यसलाई संसोधन गर्न मन्त्रिपरिषद बैठकले प्रतिस्थापन विधियेक ल्याउने तयारी गरेको छ ।
हामी यसको लागि आवश्यक छलफल गरिरहेका छौँ । स्रोतले भन्यो, ‘प्रतिस्थापन विधियेक ल्याएर मात्रै यो अध्यादेश पास हुँनेवाला छ ।’
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्