जिल्ला स्वास्थ्य कार्यालयहरु अब फिल्ड कार्यालयको रुपमा रहने

बुधबार, २१ चैत २०७४

 

काठमाडौँ, सरकारले जिल्ला स्वास्थ्य /जनस्वास्थ्य कार्यालयहरुको संरचना तत्काल नहटाउने भएको छ । यद्धपी नाम भने परिवर्तन गर्ने तयारी गरेको छ ।

‘अव जिल्लाका स्वास्थ्य /जनस्वास्थ्य कार्यालयहरु प्रादेशिक फिल्ड कार्यालयको रुपमा सञ्चालित हुनेछन् । हामीले त्यहि अनुसारको कन्सेप्ट अघि बढाएका छौँ,’ स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख एवं प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

यसअघि दुई तीन वटा जिल्ला गाभेर फिल्ड कार्यालय राख्ने तयारी भएको थियो । तर पछिल्लो पटक हरेक जिल्लाका स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयहरुलाई फिल्ड कार्यालयको रुपमा राख्ने तयारी भएको हो ।

‘स्वास्थ्य बढो संम्वेदनशील विषय हो । यो अरु मन्त्रालय र निकाय जस्तो होइन । यसैले यसलाई हटाउने कुरा हुँदैन । स्थानीय स्वायत्त शासन ऐन २०७४ ले पनि यसलाई हटाउन पर्ने भनेको छैन । त्यसैले यो रहन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

पूर्व सचिव र महानिर्देशकसंग छलफल गर्दै
यसैबीच स्वास्थ्यको संरचना कस्तो बनाउने ? जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयलाई कसरी सम्वोधन गर्ने ? लगायतका विषयमा स्वास्थय मन्त्रालयले पूर्व सचिव र महानिर्देशकहरुसंग समेत राय सुझाव लिन लागेको छ ।

मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीले यसबारेमा छलफल गर्न भोली पूर्व सचिव ज्यूहरु, महानिर्देशक ज्यूहरुको भेला डाकेका छौँ । उहाँहरुको सल्लाह सुझाव के कस्तो आउँछ । त्यसले पनि स्वास्थ्यको नयाँ संरचना कस्तो बनाउने भन्नेमा सहजता हुन्छ ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको