राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहिबार, २२ चैत २०७४

वैदिक पञ्चाङ्ग दर्शन


वि.सं. २०७४ साल चैत २२ गते। बिहीबार । इश्वी सन् २०१८ अप्रिल ५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। पञ्चमी - तिथि– साँझ ७: ४३ बजेउप्रान्त षष्ठी । अनुराधा  नक्षत्र – बिहान  १०:२७ बजेउप्रान्त - ज्येष्ठा नक्षत्र । आनन्दादिमा आनन्द योग। ( चन्द्रमा आज – वृश्चिक राशिमा  )  काठमाडौंमा सूर्योदय  बिहान – ५:५२ बजे, सूर्यास्त– साँझ ६:२३ बजे ।


राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
 
केही बाध्यताका कामले विवादमा परिने योग छ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। प्रेमको बन्धन कसिने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। यात्रा गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै पुरा भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग मतमतान्तर बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। पशुधन र जमिनबाट भने लाभ होला।

 

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
व्यावसायिक काममा सानो प्रयत्नले राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सुचारू हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :

साझेदारीमा होसियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाका पछि लाग्दा असमझदारी बढ्न सक्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले मन खिन्न रहनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढाइमा नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा सामान्य फाइदा हुने देखिन्छ। धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :

प्रतिष्ठित काम गर्ने मौका का साथै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अनावश्यक खर्च हुने क्रम भने बढ्ने सम्भावना छ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :

सानातिना कामबाटै समस्याले सताउने देखिन्छ। मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :

साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।


 

ज्योतिष तथा वास्तु शास्त्री : सुरेश चन्द्र रिजाल ।

संपर्क नं . ९८५१०६११२४   (ASTROLOGER )

चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको