शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
बिहिबार, २२ चैत २०७४

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो ।
शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा विषय र तालिम नभएका साथै लियन राख्ने बस्ने शिक्षक परीक्षाको फारम भर्नबाट बञ्चित भएका भन्दै गौतम सहित आयोगका पदाधिकारीहरुलाई कार्बाही गर्न माग गर्दै जनप्रभात मावि कालिमाटीका अस्थायी शिक्षक शरद कुमार मिश्रले ०७४ साउन ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
प्रधानमन्त्री कार्यालयले ०७४ साउन २३ मा अध्यक्ष गौतम लगायत पदाधिकारीहरुलाई आवश्यक कार्बाही गर्न शिक्षा मन्त्रालयमा पत्र पठाएको थियो । तर, शिक्षा मन्त्रालयले गौतमलाई कार्बाही प्रक्रिया अघि नबढाएपछि पुनः मिश्रले चैत १८ गते प्रधानमन्त्री कार्यालयमा कार्बाहीका लागि निवेदन दर्ता गराएका थिए ।
सो चैत्र १८ को पत्र पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चैत २० गते चलानी नम्बर ४७८९ को पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न निर्देशन दिएको हो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्