बजेटबारे छलफल गर्न भन्दै स्वास्थ्य मन्त्रालयले बोलायो सातै प्रदेशका मन्त्री र सचिव
बिहिबार, २२ चैत २०७४
काठमाडौँ, स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्षका लागि प्रदेश सरकारको बजेट तर्जुमाबारे छलफल गर्न सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवलाई राजधानीमा बोलाएको छ ।
बजेट बनाउँदा संघीय र प्रादेशिक तहबीच प्रयाप्त समन्वय तथा सहकार्य गर्न भन्दै मन्त्रालयले उनीहरुलाई राजधानी बोलाएको हो । छलफल आगामी २८ र २९ चैतका लागि तोकिएको छ ।
मन्त्रालयका उपसचिव भक्तराज जोशीले आगामी आर्थिक बर्षका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेटको सिलिङ तोकिसकेको अवस्थामा संघीय र प्रादेशिक मन्त्रालयबीच समन्वय होस भन्नका लागि छलफल गर्न लागिएको बताए ।
उनले छलफलमा मन्त्री र सचिव सहित प्रदेशबाट स्वास्थ्य संयोजक, स्वास्थ्यका योजना अधिकारीहरु तथा संघीय स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवाला निकायहरुको सहभागिता रहने बताए ।
राष्ट्रिय योजना आयोगले आगामी ३० चैत भित्र आगामी आर्थिक बर्षका लागि कार्यक्रम बनाएर पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
यो छलफलपछि संघीय, प्रादेशिक र स्थानीय तहबीच आगामी बर्षको कार्यक्रममा डुव्लिकेशन हुने सम्भावना कम हुने मन्त्रालयको अपेक्षा छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्