स्वास्थ्य सेवा विभागका निर्देशकले रोके महानिर्देशकको हाजिरी

बिहिबार, २२ चैत २०७४

 

काठमाडौं, सुन्दा अचम्म लाग्छ, तल्लो तहको कर्मचारीले माथिल्लो तहको कर्मचारीलाई हाजिर गर्न रोक लगाउँछ भनेर। तर, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएर करिब एक वर्ष देशभरका करिब ३२ हजार स्वास्थ्यकर्मीको प्रमुख बनिसकेका डा राजेन्द्रप्रसाद पन्तले बुधबार निकै सास्ती खेप्नुपर्‍यो। पछिल्लो समयमा निकै विवादित राष्ट्रिय क्षयरोग केन्द्र ठिमिमा काज फिर्ता भई हाजिर हुन गएका डा‍ पन्तलाई उनीभन्दा एक तहमुनिका निमित्त निर्देशकले हाजिर गर्न नदिएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे।

 

केन्द्रका निर्देशक डा.केदारनरसिंह केसी उमेर हदका कारण मंगलबारदेखि सेवा निवृत्त भएपछि डा.पन्त बुधबार एकाएक राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक बन्न पुगेका थिए। उनी केन्द्रमा २०७०(७१ सालयताका निर्देशक थिए। निर्देशक डा केसी सेवा निवृत्त भैसकेको भोलि पल्टदेखि कानुनतः वरिष्ठताको आधारमा केन्द्रका १० औं तहका वरिष्ठ कन्सलट्यान्ट चेष्ट फिजिसियन डा मोहन प्रसाई भित्ते निर्देशक बने। तर ,केन्द्रका ३ वर्ष अघिका निर्देशक डा पन्त एकाएक केन्द्रमा ‘आफै निर्देशक बस्ने कोठामा छिरेर केहीबेर बसेक थिए तर निमित्त निर्देशक डा प्रसाईले केन्द्रको हाजिरिकपी आफ्नो कार्यकक्षमा राखेका कारण डा पन्तले हाजिरी गन पाएनन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको