प्रधानमन्त्रीसँगै दिल्ली पुगेका राजेश हमालको पोज

शुक्रबार, २३ चैत २०७४

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणमा एउटा नयाँ अभ्यास गरेका छन् । पहिलोपटक उनले आफ्नो भ्रमण टोलीमा कलाकारलाई स्थान दिए । ती भाग्यमानी हुन् राजेश हमाल र दिनेश डिसी ।

 

प्रधानमन्त्रीले आफ्नो भ्रमणमा बलिउडका केही कलाकर्मीसँग अन्तरसंवाद गर्ने कार्यक्रम रहेको जानकारी दिएका थिए ।सायद यसैलाई ध्यानमा राखेर दुई कलाकारहरुलाई लगिएको हो । हमाल नेपाली चलचित्रमा लामो समय राज गरेका अभिनेता मात्र नभएर सुशिक्षित र बौद्धिक व्यक्तित्वसमेत हुन् । त्यसैले नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्नका लागि उनी उपयुक्त पात्र भएकोमा द्विविधा छैन ।

 

दिनेश डिसी चाहिँ कसरी टोलीमा परे उनैलाई थाहा होला । उनले नेपालको एयरपोर्टमा फोटो खिचेर फेसबुकमा राख्दै ‘आफ्नो क्षमतामा विश्वास राखेर भ्रमण टोलीमा स्थान दिएकोमा प्रधानमन्त्रीप्रति आभार’ व्यक्त गरेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको