पुरुषहरूको कस्ता कुराप्रति आकर्षित हुन्छन् महिला ?

शुक्रबार, २३ चैत २०७४

 

महिलाहरूमाथि गरिएको एक अध्ययनको निष्कर्ष छ-महिलाहरू पुरुषहरूको अनुहारलाई भन्दा व्यवहारलाई नोटिस गर्छन् । महिलाहरू कुन कुराले प्रभावित हुन्छन् भन्ने कुरा धेरै पुरुषहरू जान्न चाहन्छन् । कसैलाई लाग्छ, महिलाहरू पैसा र प्रसिद्धिबाट प्रभावित हुन्छन् । कसैको विचारमा महलिाहरू पुरुषको अनुहार तथा फिटनेसलाई बढी महत्व दिन्छन् । यस्तो सोच छ भने त्यागौं है पुरुष मित्रहरू, अध्ययनले भन्छ-महिलाहरू पुरुषहरूको हाउभाउ, स्टाइल म्यानर्स एवं परिपक्वताबाट प्रभावित हुन्छन् ।

 

वास्तविकता के छ त ?
महिलाहरू पुरुषले आफ्नो साथी, परिवार एवं आफन्तजनसँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा नोटिस गरिरहेका हुन्छन् । कुनै पुरुषले आफ्नो परिवार तथा साथीसँगीप्रति प्रेम, सद्भाव तथा आदर प्रदर्शित गरे भने उनीहरू प्रभावित हुन्छन् ।


महिलाहरू पुरुषको इमानदारिता मन पराउँछन् । आफूसँगै हिँडेका बेला पुरुष पार्टनरले अरू महिलालाई एकोहोरो हेरेको कुरा महिलाहरू पटक्कै रुचाउँदैनन् । यस्तो व्यवहार देख्दा उनीहरूको मनमा नकारात्मक छाप बस्छ । उनीहरू पुरुष साथीबाट सम्बन्धमा इमानदारीको अपेक्षा गर्छन् ।


परिपक्वतालाई महिलाहरू धेरै महत्व दिन्छन् किनभने उनीहरू पुरुषहरूको समझदारीप्रति आकषिर्त हुन्छन् । महिलाहरू भावनात्मक रूपले कमजोर पुरुषलाई रुचाउँदैनन् ।

एक अध्ययनअनुसार महिलाहरू पुरुषको शारीरिक बनावटमा पनि ध्यान दिन्छन् । उनीहरू शक्तिशाली व्यक्तिप्रति शारीरिक रूपले आकषिर्त हुन्छन् । अध्ययनअनुसार महिलाहरू सामान्य पुरुषलाई भन्दा हृष्टपुष्ट पुरुषलाई बढी रुचाउँछन् । यसका साथै पुरुषहरूको आक्रामक स्वभावबाट पनि धेरैजसो महिला तानिन्छन् ।


आँखामा आँखा जुधाएर कुरा गर्ने पुरुषहरू महिलाको रोजाइमा पर्छन् । यताउति आँखा डुलाएर घुमाइफिराइ कुरा गर्ने तथा कुराकानीका क्रममा महिलाको कम्मर, स्तन तथा जाँघतिर हेर्ने पुरुषलाई रुचाउँदैनन् । महिलाहरू यस्ता पुरुषसँग धेरैबेर कुरा गर्न चाहँदैनन् ।


महिलाहरू देखावटी मन पराउँदैनन् । आफ्नो हैसियत उच्च छ भन्ने देखाएर महिलालाई प्रभाव पार्छु भनेर कुनै पुरुषले सोच्छ भने त्यो गलत हो । वास्तविकता के हुन्छ भने धेरैजसो महिला त्यस्ता पुरुषहरूबाट सकेसम्म टाढिन खोज्छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको