स्वास्थ्य सेवामा ४० प्रतिशत चिकित्सक र २९.५८ नर्स अभाव (कहाँ कति दरबन्दी रिक्त?)

बुधबार, ०५ बैशाख २०७५

 

काठमाडौं- धेरै सरकारी अस्पतालहरु न्युन जनशक्तिमा चलिरहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो। 

 

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को बुँदा नं. १९(१) मा अस्पतालको  बेड संख्याको आधारमा जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस अनुसार प्राय अञ्चल र जिल्ला अस्पतालमा पदपूर्ति नभएको देखिएको हो। 

 

स्वास्थ्य सेवाअन्तर्गत ७५ जिल्लाका कर्मचारीको दरबन्दी तथा पदपूर्तिको अवस्था विश्लेषण गर्दा २०७२।७३ मा चिकित्सक ४०.५२, पारामेडिक प्राविधिक २४.७२, नर्स २९.५८ र ल्याव स्टाफको १८.५८ प्रतिशत दरबन्दी रिक्त रहेको छ। 

 

प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट, बालरोग विशेषज्ञ, वरिष्ठ कन्सल्टेण्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिष्ट, साइकियाट्रिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल फिजिसियन, फिजिसियन, मेडिकल ल्याव टेक्नोलोजिष्ट जस्ता विशेषज्ञ पदहरुको दरबन्दी रिक्त रहेको देखिएको छ । 

 

उपत्यकाकै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै चिकित्सक ४१ र नर्सिङ विभागमा ६९ दरबन्दी रिक्त रहेको छ भने फार्मेसी, ओ.पी.डी, ल्याव÷प्याथालोजीमा क्रमशः ८, १९, १७ कर्मचारी रिक्त रहेको पाइयो । अस्पतालमा प्रत्येक वर्ष बिरामीको संख्या बढ्दै गइरहेको परिप्रेक्ष्यमा अत्यावश्यक जनशक्ति पूर्ति नहुँदा अस्पतालले गुणस्तरीय सेवा पुर्‍याउन नसक्ने भएकोले रिक्त दरबन्दी पदपूर्ति गर्नेतर्फ सेवा आयोगलाई सुझाइएको छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको