स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहयोग गर्ने कोरिया सरकारको प्रतिबद्धता

शनिबार, ०८ बैशाख २०७५

 

काठमाडौँ,  स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापी बनाउन कोरिया सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालसंग भेटबार्ता गर्न पुगेका नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले बीमा कार्यक्रमका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

 

स्वास्थ्य मन्त्रालयमा भएको भेटबार्तामा राजदुत सिकले स्वास्थ्य बीमा कार्यक्रमले गरीब नेपालीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सहयोगी भूमिका खेल्ने भन्दै कोरिया सरकारले थप सहयोग गर्ने बताएका थिए । सो अवसरमा मन्त्री अर्यालले सन् २०२० सम्ममा स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बनाउने योजना अघि सारेको बताएकी थिइन ।

 

यसबाहेक स्वास्थ्य संस्थाका भवन निर्माणमा सघाउने र स्वास्थ्यमा स्वयंसेवी बढाउने पनि राजदूत सिकले बताएका छन् ।

मन्त्री अर्यालले भने भौतिक निर्माणमा मात्रै नभइ, उपकरण, जनशक्तिको दक्षता वृद्धि, सचेतना र स्वास्थ्य प्रवद्र्धन जस्ता कार्यक्रममा समेत सघाउन आग्रह गरेकी थिइन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको