किन देखिन्छ डरलाग्दो सपना ?

सोमबार, १० बैशाख २०७५

 

के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि व्युझिदा शरीर पसिना पसिना पो हुन्छ कि ? यदि त्यस्तो हो भने जानी राख्नुस तपाईँको सुताईको अवस्थाले यस्तो भएको हुनसक्छ । किनकी एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।

 

हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्वन्धबारे गहिरो अध्ययन गरेको थियो । सोही अध्ययन अनुसार जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन तिनीहरुलाई डरलाग्दो सपनाले सताउने गर्छ । तर दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुन्छ ।

 

अध्यय्न अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइयो । जबकी दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो । सोही प्रतिवेदन अनुसार दायाँ फर्केर सुत्ने र मानिसहरुमा भने सुखद र सुरक्षित सपना आउनुुको साथै निद्रा आनन्दित भएको पाइयो ।

 

प्रतिवेदनले यो पनि भनेको छ कि जो व्यक्ति घोप्टो परेर सुत्छन तिनीहरुको सपना यौनसंग सम्वन्धीत हुने गर्दछ । त्यस्तै  उत्तानो  परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना (जसलाई हामी ऐठन गरेको समेत भन्छौँ) देख्ने गरेको पाइयो ।

 

मुख्य अनुसन्धानकर्ता क्यालभिन काई चिङ भन्छन्, यो अध्ययनले सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्छ भन्ने देखाएको छ । उनका अनुसार निद्रामा पनि मानिसका मस्तिस्क बाहिरी बाताबरणसंग सम्वन्ध राखिराख्ने भएकोले बाहिरी अवस्थाले सपनालाई प्रभाव पार्छ ।

  • एजेन्सीको सहयोगमा


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको