बुद्ध ईन्टरनेशनल हस्पिटलमा अप्रेशन बढ्दो, अण्डकोषको सफल अप्रेशन

आइतबार, ३० बैशाख २०७५

 

बुद्ध ईन्टरनेशनल हस्पिटल घोराहीमा पेटमा रहेको अण्डकोषको अप्रेसशन (undesceded testis)  भएको छ । मृगौला रहेको स्थानबाट उत्पादन भएर गुप्ताङगमा झर्नु अण्डकोष नझरेपछि घोराही ११ हापुरका २३ बर्षिय चन्द्र बोहराको दुरबिन बिधीबाट अण्डकोषको अप्रेशन गरिएको हो ।

 

 

अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश बस्नेतका अनुसार दाँया भागको अण्डकोष अण्डथैलीमा झर्नु पर्ने भए पनि नझरेका कारण बोहराको सफल अप्रेशन गरिएको हो । चिकित्सकहरु सर्जन डा. रमेश बस्नेत, एनेस्थेसीया डा. सुरेन्द्र कुवर, नारायणप्रसाद शर्मा लगाएतका स्वास्थ्यकर्मीहरुले अप्रेशन गरेका हुन । अण्डकोष अण्डथैलीमा नझरी बिचमै अड्किएपछि क्यान्सर हुने खरता हुदा अप्रेशन नै गर्नुपर्ने डा. बस्नेतको भनाई छ ।

 

अप्रेसन र उपचारका लागि करिब ५० हजार रुपैयाँ खर्च हुने अस्पताल प्रशासनले जनाएको छ । यसैविच अस्पताल सञ्चालन भएको ५ महिनामा करिब ५ सय जना अप्रेशन भएको अस्पतालले जनाएको छ । ।

 

दुरबिन बिधीबाट पित्तथैलीमा रहेको पत्थरी ५०, एपेण्डीसाईडको १५, पिसाब नलिको अप्रेसन १५ वटा अप्रेशन भएको छ । अन्य सामान्य प्रकारका बिभिन्न अंगहरुको अप्रेशन भएको डा. बस्नेतको भनाई छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको