ठाउँठाउँमा बम विष्फोट, उपत्यकाका दुई ट्याक्सीमा तोडफोड

आइतबार, ३० बैशाख २०७५

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आज गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ ।

बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएको खबर छ ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ बताइएको छ ।

बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन ।

त्यसैगरी प्रचण्ड र मिनप्रसादको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ ।

घटनाको विवरण आउन बाँकी छ । यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । दुबै विस्फोटको विवरण आउन बाँकी छ ।

बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात चल्न सकेका छैनन् भने बिहानै देखि सडक सुनसान रहेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन्

शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति निकालेर बन्दको आह्वान गरेका थिए ।

 

यस्तो छ विप्लवको विज्ञप्ति

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको